नियम ६
ऐनको दफा १९ बमोजिम दिएको सूचनाको जाँचबुझ
ः
ऐनको दफा १९ बमोजिम कुनै व्यक्तिले सम्बन्धित कर अधिकृत छेउ सूचना दिएकोमा कर अधिकृतले त्यस्तो सूचना दिने व्यक्तिलाई सनाखत गरी निजसंग रहेको सबुद प्रमाण सबै बुझ्नेछ । सूचना गर्ने व्यक्ति आफै वा निजको वारिस उपस्थित हुन नआएमा सम्बन्धित कर अधिकृतले आफ्नै कर्मचारीद्वारा बुझ्न लगाउने छ । यसरी बुझी आएको व्यहोरा कारवाई चलाउन पर्ने भन्ने सम्बन्धित अधिकृतको चित्तमा लागेमा निजले आवश्यक कारवाई चलाउनेछ । कारवाई चलाउन पर्याप्त कारण छैन भन्ने लागेमा छोटकरीमा आफ्नो राय व्यक्त गरी अर्थ मन्त्रालय कर विभागमा पठाउनु पर्छ ।